समाज

सवारी दुर्घटनामा एक युवकको मृत्यु

जनकपुरधाम– धनुषामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। जनकपुर–ढल्केबर सडक खण्ड अन्तर्गत लक्ष्मीनियाँ बजार नजिकै सवारी दुर्घटना हुँदा युवकको मृत्यु भएको हो।

आइतबार राती ज.११ प.९३९७ नम्बरको मोटरसाइकलमा सवार भइ घर जाँदै गरेका लक्ष्मीनियाँ गाउँपालिका–७ का २५ वर्षीय अरुण मण्डललाई पहिचान नभएको सवारीले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए। ठक्करबाट गम्भीर घाइते भएका मण्डलको जनकपुर अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जनाए।

ठक्कर दिने सवारीको खोजकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ।

यता मण्डलको मृत्यु भएपछि स्थानीय आक्रोसित बनेका छन्। बिहानैदेखि जनकपुर–ढल्केबर सडक अवरुद्ध पारेर ठक्कर दिने गाडीको पहिचान गरी क्षतिपुर्ती माग गर्दै  सडक अवरुद्ध गरेका छन्। सडक अवरुद्ध गरेपछि यात्रुहरू अलपत्र परेका छन्।

प्रकाशित: ९ वैशाख २०७६ ०४:५३ सोमबार

सवारी_दुर्घटना धनुषा लक्ष्मीनियाँ_बजार