समाज

२५० शैय्यामा विस्तार हुँदै नर्भिक

काठमाडौं – नर्भिक इन्टरनेसनल अस्पतालले आफ्नो क्षमता विस्तार गरी २ सय ५० शड्ढयामा पु¥याउने भएको छ। अस्पतालको २६ औं वार्षिक उत्सवको अवसरमा अस्पतालले सो जनाएको छ। अस्पतालमा हाल १ सय ५० शड्ढया सञ्चालनमा छ। अस्पतालले आागमी तीन वर्षभित्र निर्माण सम्पन्न गरी थप १ सय शड्ढया सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको हो। सोही अवसरमा अस्पतालका अध्यक्ष बसन्त चौधरीले हालै सुरु भएको रक्तसंञ्चार बैंकको उट्घाटन गरे। उनले रक्तसञ्चारको स्थापनाले अस्पतालमा आउने बिरामीलाई छरितो सेवा मिल्ने बताए।

अस्पतालका स्नायुरोग विभाग प्रमुख डा. पंकज जलानले नयाँ चुनौती सामना गर्न नर्भिक सक्षम भएका बताए। ‘अस्पतालको सेवाप्रति जनताको ठूलो भरोसा र आस्था छ,’ उनले भने। कार्यक्रममा अस्पतालका ग्यास्ट्रोइन्ट्रोलोजिस्ट विभाग प्रमुख डा. मधु घिमिरेले नेपाली चिकित्सा सेवालाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन नर्भिकले योगदान दिएको बताए। अस्पतालले वार्षिकोउत्सवको अवसरमा रक्तदान कार्यक्रम, हाजिरीजवाफ प्रतियोगिता, भलिवल तथा क्रिकेट खेलजस्ता गतिविधि सञ्चालन गरेको थियो। सो अवसरमा उत्कृष्ट योगदान पु¥याउने कर्मचारीलाई पुरस्कृत तथा सम्मान गरिएको थियो।

प्रकाशित: ९ वैशाख २०७६ ०४:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App