समाज

विमानस्थलमा फेरि समातियो सुन, चार विदेशी महिला पक्राउ

काठमाडौं– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित ४ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। 

आइतबार विमानस्थलबाट एक हजार ६ सय ग्राम सुनसहित दुई जना कम्बोडियन र दुई थाई नागरिकलाई विमानस्थल सुरक्षार्थ खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ परेका चारै जना महिला रहेको प्रहरीले जनाएको छ।

थाई एयरबाट नेपाल आएका उनीहरुले ६ वटा चुरा र ३ पिस बिस्कुट आकारमा पाखुरामा लुकाएर ल्याएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो। घटनाकाे विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित: ८ वैशाख २०७६ ०९:३६ आइतबार

सुन त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल विदेशी_नागरिक पक्राउ