धादिङ - पृथ्वी राजमार्ग अन्र्तगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटमा यात्रुबहाक बस दुर्घटना हुदाँ मृत्यु हुनेको संख्या दुई पुगेको छ। काठमाडौँबाट मनकामना दर्शनको लागि जाँदै गरेको ना ४ ख १४१५ नम्वरको बस ओभरटेक गर्ने क्रममा आइतबार बिहान सडकबाट त्रिशुली नदीपटि खस्न पुगेको हो।
दुर्घटनामा दोलखाका हरिवंश केशीको घटनास्थलमा र कालिन्चोक गाउँपालिका वडा नं ७ दोलखाकी पार्वती बुढाथोकी रहेको उपचारका क्रममा मलेखु सामुदायिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यलय गजुरीका प्रहरी निरिक्षक नवराज ढुङगेलले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका १० जनालाई गजुरी र मलेखु अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि काठमाण्डौ पठाइएको छ भने सामान्य घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । बसमा २८ जना यात्रु रहेका थिए ।
प्रकाशित: ८ वैशाख २०७६ ०७:०३ आइतबार