समाज

नक्खु एनसेल टावर विष्फाेटमा समातिएका भुजेल धराैटीमा रिहा

काठमाडौँ  - ललितपुरको नक्खुस्थित एनसेल टावरमा बम विस्फोट गराएको आरोपमा प्रहरी हिरासतका रहेका सूर्य भुजेललाई छाड्न सर्वोच्चले बन्दी प्रत्यक्षीकरण आदेश जारी गरेको छ।

१० फागुनको राति नक्खुलगायत देशका विभिन्न ठाउँमा रहेका एनसेलका टावरमा विस्फोटन गराइएको थियो। नख्खुमा भएको विस्फोटनमा परी एक जनाको मृत्यु भएको थियो ।

उक्त विस्फोटनको जिम्मा विप्लव समुहको माओवादीले लिएको थियो। १३ फागुनमा बलंकिवाट पक्राउ परेका भूजेललाइ न्यायाधीशहरु अनिलकुमार सिन्हा र पुरुषोत्तम भण्डारीको इजलासले शुक्रबार छाड्न आदेश दिएको हो ।

नेपाली सेनाका भगौडासमेत रहेका भुजेलल विप्लव समूहको व्युरो सदस्य हुन्। भुजेल विप्लवका पूर्वअंगरक्षकसमेत थिए । 

प्रकाशित: ६ वैशाख २०७६ १२:०३ शुक्रबार

बन्दी_प्रत्यक्षीकरण विप्लव नक्खुस्थित_एनसेल_टावर बम_विस्फोट