समाज

विप्लव निकट किसान संघ पाल्पाका अध्यक्ष पक्राउ

पाल्पा– विप्लव नेतृत्वको नेकपा निकटको अखिल नेपाल किसान संघ पाल्पाका अध्यक्ष टोपराज बस्याललाई प्रहरीले पक्राउ गरेको छ।

तानसेन नगरपालिका–८ मदनपोखराबाट बस्याललाई बिहीबार पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताए। बस्याललाई आजै मुद्दा दर्ता गर्ने तयारी भइरहेको र कुन मुद्दा दर्ता गर्ने भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पोखरेलले बताए। मदनपोखरा निवासी बस्याल बिप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्य र किसान सङ्घका केन्द्रीय सदस्य पनि हुन्। रासस

प्रकाशित: ६ वैशाख २०७६ ०६:०९ शुक्रबार

विप्लव नेपाल_किसान_संघ पक्राउ