समाज

विप्लवकाे बन्दले छोएन सिन्धुलीलाई

सिन्धुली -  विप्लवले घोषणा गरेको नेपाल बन्दको प्रभाव सिन्धुलीमा परेन।

सदरमुकाम सिन्धुलीमाढीमा बजारको कुनै प्रभाव परेको देखिएन। उद्योग वाणिज्य संघका उपाध्यक्ष विजय कुँवरले बताएअनुसार बजार दिनभर बजार दिनभर खुलेको थियाे।

सिन्धुलीका राजमार्गका सुरक्षाकर्मी परिचालित थिए। व्यापारीहरुले निर्वाध रुपमा पसल होटललगायत बजार खोलेका थिए। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चक्रबहादुर सिंहले भने, ‘राजमार्गमा पूर्वबाट काठमाडौं आवातजावत गर्ने सवारी केही घटे पनि बन्दको प्रभाव खासै देखिएन।’

प्रकाशित: ५ वैशाख २०७६ १४:१९ बिहीबार

सिन्धुली विप्लव बन्दकाे_प्रभाव