समाज

ताप्लेजुङका पत्रकारले दिए प्रशासनमा धर्ना

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको मुख्य प्रवेशद्धार अघि धर्नामा बसेका पत्रकारहरु(तल) र पत्रकारको धर्नालाई निकायल्दै प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी(माथि)तस्बिरः खगेन्द्र अधिकारी / नागरिक ।

ताप्लेजुङ– पत्रकार अर्जुन गिरीलाई सरकारले गरेको पक्राउ र बिद्युतीय अपराध मुद्दाको प्रकृयाको विरोध गर्दै ताप्लेजुङका पत्रकारले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन्।
पत्रकारहरूले  बिहान साढे ९ बजे देखि साढे १० बजे सम्मे धर्ना दिएका थिए। पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष राजेन्द्र श्रेष्ठको अगुवाईमा धर्नामा बसेका पत्रकारहरुले आफ्नो पेशामा प्रयोग हुने सामाग्री समेत प्रदर्शन गरेका थिए। पत्रकार महासंघ प्रदेश नं १ का सदस्य केशवकुमार लामाले सरकारले पत्रकारिता साईवर अपराध नभएको भन्दै सरकारले बेखुसीका आधारमा मुद्दा लगाउन सक्ने प्रकृतिका कानून खारेजीको माग गरे।

 

प्रकाशित: ५ वैशाख २०७६ ०५:४९ बिहीबार

पत्रकार_पक्राउ बिद्युतीय_अपराध पत्रकार_धर्ना