समाज

विपदमा एक हुन जरुरी : निधि

बारा  – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कुनै क्षेत्रमा आएको दैवी विपत्तिमा कुनै दल र सरकारको मुख ताक्नुभन्दा सबै क्षेत्रका मानिसले सहयोग गर्नुपर्ने बताएका छन्।

चैत १७ गते बारा र पर्सामा आएको विनासकारी हावाहुरी प्रभावितलाई सहयोग गर्न बाराको सिमरामा आयोजना गरिएको प्रदेशस्तरीय कार्यक्रममा बोल्दै उनले विपत्ति परेका बेला सबै एकजुट भएर सहयोग गर्दा पीडितले छिटै राहत र पुनर्निर्माण पाउने सहयोग पुग्ने बताए।

कार्यक्रममा कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादवले कांगे्रले हावाहुरीपीडित सहयोगका लागि घोषण गरको रकमबाट दलित र पिछडिएको हावाहुरी प्रभावित क्षेत्रमा सामुदायिक भवन बनाउनुपर्ने सुझावसमेत दिए। महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादवले पीडित बस्तीले पानी खान धाराको जडान गर्न आग्रहसमेत गरे। यसैबीच, बाराका हावाहुरीपीडितलाई सहयोग गर्न नेपाली कांग्रेसबाट प्राप्त ४१ लाख रकम कांग्रेस बाराका सभापति जयचन्द चौरसियाको जिम्मा लगाइएको छ।

प्रकाशित: ५ वैशाख २०७६ ०३:०६ बिहीबार

नेपाली_कांग्रेस विमलेन्द्र_निधि विपत्ति