समाज

गाउँपालिका भवनमा बम बिस्फोट

पाल्पा -  पाल्पाकाे रिब्दीकाेट गाउँपालिकाकाे भवनमा बम बिस्फाेट भएकाे छ। बिहिबार बिहान १:२५ बजे गाउँपालिकाकाे भवनमा बम बिस्फाेट भएकाे पाल्पाका प्रहरी उपरीक्षक विश्वमणि पाेखरेलले बताए।

बम बिस्फाेटबाट गाउँपालिकाकाे कम्युटर, फाेटाेकपी मेशिन र भवनका सीसाहरू फुटेका छन्। टायरमा सुतलि बम बिस्फाेट गराइएकाे हाे। गाउँपालिकामै रहेकाे वडा नं ३ कार्यालयमा धेरै क्षति भएको प्रहरी उपरीक्षक पाेखरेलले बताए।

प्रकाशित: ५ वैशाख २०७६ ०१:३२ बिहीबार

बम_बिस्फाेट गाउँपालिका भवन