समाज

५० केजी गाँजासहित काठमाडौंबाट दुई पक्राउ

काठमाडौं– काठमाडौंबाट प्रहरीले ५० केजी लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त दरवारमर्गबाट खटिएको प्रहरीको टोलीले लाजिम्पाटबाट ठूलो परिणामको लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ३९ वर्षीय देवकुमार घिसिङ र ३० वर्षीय पदबहादुर श्रेष्ठ रहेको महानगरीय प्रहरी परिसरले जनाएको छ। उनीहरुलाई दुईवटा जेब्रा झोलामा बोका बनाएर ५० केजी गाँजा बोकेर लाजिम्पाटमा हिँडिरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई प्रहरी वृत्त दरवारमार्गमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ४ वैशाख २०७६ १२:२६ बुधबार

गाँजा पक्राउ