समाज

क्याम्पसलाई १६ लाख मूल्यको पुस्तक हस्तान्तरण

स्याङ्जा– चापाकोट नगरपालिका–२ स्थित चापाकोट क्याम्पसलाई गण्डकी सामाजिक गुठी काठमाडौँले करीब रु १६ लाख मूल्य बराबरका पुस्तक हस्तान्तरण गरेको छ।

हस्तान्तरण गरिएका पुस्तकमा पाठ्यसामग्री, डिस्नेरी (शब्दकोष), साहित्य र संस्कृत शिक्षा सम्बन्धी रहेको गुठीका अध्यक्ष दामोदरप्रसाद गैरेले जानकारी दिए। गुठीले अहिलेसम्म रु ३२ लाख ८६ हजार ६३३ मूल्य बराबरका २६ लाख ४६२ थान पुस्तक हस्तान्तरण गरिसकेको उनले बताए।

चापाकोट क्याम्पस सञ्चालक समितिका मोहनप्रसाद आर्चाले गुठीबाट प्राप्त पुस्तकको व्यवस्थापनका लागि पुस्तकालयको निर्माण गर्ने बताउँदै पुस्तकालयको व्यवस्थापन गर्न स्रोतको खोजीमा लाग्ने बताए। गुठीले पहिलो पटक गोरखाको द्रव्य शाह बहुमुखी क्याम्पस गोरखामा दुई हजार ५६१ थान पुस्तक हस्तान्तरण गरेर आफ्नो पुस्तक यात्रा शुरु गरेको थियो। रासस

प्रकाशित: ४ वैशाख २०७६ ०९:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App