समाज

दुर्घटनामा महिलाको मृत्यु

पोखरा - ट्र्याक्टर दुर्घटनामा परेर मङ्गलबार बेलुकी पोखराको चाउथेमा एक महिलाको मृत्यु भएको छ। पोखराको सोही ठाउँ बस्ने ५५ वर्षीया रमादेवी खड्का ग १ त ३१५७ नंको ठक्करबाट गम्भीर घाइते भएपछि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। सो ट्र्याक्टरले अर्को ट्र्याक्टरलाई उछिन्ने क्रममा अनियन्त्रित भएपछि दुर्घटना भएको बताइएको छ।रासस

प्रकाशित: ४ वैशाख २०७६ ०४:२८ बुधबार

ट्र्याक्टर_दुर्घटना पोखरा मृत्यु