समाज

पत्रकार गिरीलाई विनासर्त रिहाइ गर्न माग

काठमाडौं – पोखराका ताण्डव साप्ताहिक प्रधानसम्पादक अर्जुन गिरीलाई प्रहरीले साइबर अपराधमा पक्राउ गरी अनुसन्धान सुरु गरेकोमा नेपाल पत्रकार महासंघलगायतका विभिन्न संघसंस्थाले आपत्ति जनाएका छन् ।

कमिटी टु प्रोटेक्ट जर्नालिष्टले पनि उनलाई पक्राउ गरिएको आपत्ति जनाउँदै विनाशर्त रिहाइको माग गरेको छ। प्रहरीले सोमबार बेलुकी गिरीलाई पक्राउ गरी अदालतमा थप अनुसन्धानका लागि म्याद थप गरेको थियो।

कमिटी प्रोटेक्ट टु जर्नालिष्टले भने समाचार लेखेकै आधामार पत्रकार पक्राउ गरिनु र प्रहरीले उसलाई अमानवीय व्यवहार गर्नु आपत्तिजनक रहेको जनाएको छ । साथै नेपाल पत्रकार महासंघले मंगलबार साँझ माइतीघर मण्डलामा विरोध प्रर्दशनसमेत गरेको छ।

प्रकाशित: ४ वैशाख २०७६ ०१:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App