समाज

केरुङमा १४ औं बज्रगुरु पूजा शुरु

बज्रगुरु पुजामा सहभागी बौद्धिष्ट लामाहरु। फोटो/नागरिक

सोलुखुम्बु– नयाँ वर्षको शुभारम्भसँगै सोलुदुधकुण्ड नगरपालिका ८ केरुङमा बज्रगुरु पूजा शुरु भएको छ। सोमबारबाट शुरु पूजा १४ औं बज्रगुरु पूजा हो। बज्रगुरु पूजामा तेङ्बोछे गोन्पाका गुरु रिन्पोछे ङवाङ तेन्जिङ जाङ्बु, तोलका टुल्कु सहित अरु ठुला धर्मगुरुहरु पनि सहभागी भएका छन्।

पूजामा टाढा टाढाबाट आएका बौद्धधर्मावलम्बी सहभागी बनेका छन्।  पूजा मूल आयोजक समितिका अध्यक्ष आङकाजी शेर्पाले बज्रगुरु पूजा मानव जातिको लागि मात्रै नभई यो धर्तीमा रहने सम्पूर्ण प्राणी जगतको कल्याण, देशमा शान्ति, सदभाव र अमनचयन कायम रहोस् भन्ने कामनाका लागि आयोजना गरिएको बताए । उनले केरुङको पावन भूमिमा यस अघि यस्तो महान धार्मिक पूजा कहिल्यै नभएको र यो ऐतिहासिक धार्मिक कार्यक्रम भएको बताए।

आगामी बैशाख ११ गते सम्म चल्ने पुजामा विश्व शान्तिका लागि  ११ करोड बज्रगुरु मन्त्रजप गरिनेछ।  पुजा थेक्छेन साङागलिङ गुम्बामा भइरहेको छ।

प्रकाशित: ३ वैशाख २०७६ ०५:४० मंगलबार

नयाँ_वर्ष बज्रगुरु_पूजा बौद्ध