समाज

फुङ्लिङमा कार दुर्घटना,२ घाइते

दुर्घटनाबाट क्षतिग्रस्त कार। तस्बिरः खगेन्द्र/ नागरिक

ताप्लेजुङ– ताप्लेजुङ सदरमुकाम फुङ्लिङको हेलिप्याड गेट नजिकै भएको कार दुर्घटनामा २ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते दुबैको तमोर हस्पिटलमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख,डिएसपी सञ्जयसिंह थापाका अनुसार हेलिप्याड गेट अगाडिबाट अनियन्त्रित भई झरेको कार मेवाखो हिल रिर्सोटको माथिपट्टीको पर्खालमा गएर अड्किएको छ। बा२च ३०० नम्बरको कार दुर्घटनामा पर्दा चालक गाडीधनी ललितपुर कुसुन्टी बस्ने टंक लिम्बू र उनी संगै सवार कालीबहादुर तामाङ घाइते भएका हुन्। दुर्घटना लगत्तै उनीहरुलाई प्रहरी र स्थानीयले उद्धार गरी अस्पताल लगेका थिए। यात्रु पाथीभरा मन्दिरको दर्शनका लागि हिंडेको जानकारी आफुले पाएको डिएसपी थापाले बताए।

प्रकाशित: २ वैशाख २०७६ ११:४७ सोमबार

कार_दुर्घटना फुङ्लिङ पाथीभरा