समाज

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

काठमाडौं– प्रहरीलाई  आर्थिक प्रलाेभनमा पार्न खाेज्ने ३ जना पक्राउ परेका छन। काठमाडौं महानगरपालिका-१५ चमतीस्थित बा.५ ख ४८४२ नम्बरको बसमा अवैध रुपमा ल्याएको लत्ताकपडाहरु बरामद गर्ने प्रहरीलाई ३ लाख ५० हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने बस चालक समेत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हाे।

पक्राउ पर्नेहरुमा बसका चालक काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने सर्लाही घर भएका २६ वर्षीय श्याम विश्वकर्मा, काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने सुर्खेत घर भएका ३२ वर्षीय दिपा रानामगर र नुवाकोट ककनी गाउँपालिका-२ घर भएका २९ वर्षीय भरत तामाङ रहेका छन्।

महानगरीय प्रहरी बृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उक्त बस जाँच गर्ने क्रममा अवैध रुपमा ल्याएको लत्ताकपडाहरु फेला पारी बरामद गर्दा उनीहरुले उक्त नगद प्रहरीलाई दिन खोजे पश्चात उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २ वैशाख २०७६ ०५:३० सोमबार

प्रहरी आर्थिक_प्रलाेभन घुस