समाज

बझाङमा ४.८ म्याग्निच्युडको भूकम्प

बझाङ - बझाङमा ठुलै भूकम्पको धक्का महसुस गरिएको छ। सोमबार बिहान ४ बजेर २७ मिनेट जाँदा ४ दशमलब ८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको केन्द्रबिन्दु जयपृथ्वी नगरपालिको वडा नम्बर १ कैलासमा रहेको मापन केन्द्रले जनाएको छ। भूकम्पले कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

प्रकाशित: २ वैशाख २०७६ ०२:०६ सोमबार

भूकम्प राष्ट्रिय_भूकम्प_मापन_केन्द्र धक्का म्याग्निच्युड