समाज

उठ्यो बिस्केटको लिंगो


भक्तपुर - भक्तपुर पोटरी स्क्वायरमा शुक्रबार हात नभएको लिंगो उठाइएको छ। बिहान ११ बजेर ५५ मिनेटमा लिंगो उठाइएको हो। प्रत्येक वर्ष चैत मसान्तमा यहाँं हात नभएको लिंगो उठाउने चलन छ। 

स्थानीयहरुले केही घण्टाको प्रयासमा लिंगो उठाउन सफल भएको हो। डोरीको सहायताले लिंगो उठाइएको हो। लिंगो उठाउन टेको (सहयोगका लागि कैटी) को पनि प्रयोग गरिएको थियो। 

सानो क्षेत्रफलमा रहेका कारण घरका झयालझ्यालहरुसम्म डोरी लगेर झ्यालझयालबाट डोरी तानेर लिंगो उठाइएको हो। प्रत्येक वर्ष यहाँं यसरी नै लिंगो उठाउने चलन छ। 

लिगाें उठाएको हेर्न बिहानदेखि जात्रास्थलमा हजारौं जात्राप्रेमीहरुको भीड लागेको थियो। वडो उत्साहका साथ सयौंको संयुक्त प्रयासबाट लिंगो उठाउन सफल भएको हो।

उठाइएको यो लिंगो विस्केट जात्राको अन्तिम दिन वैशाख ५ गते मात्रै ढालिनेछ।  विस्केट जात्राको क्रममा यहाँं दुई वटा लिंगो उठाइन्छ। आज साँंझ नै ल्योसिंखेलमा ५५ हात लामो लिंगो उठाइनेछ।

बिहान उठाइएको भन्दा लामो अनि ठूलो भएकाले यहांँको लिगो उठाउने जात्राको आकर्षण विशेष रहन्छ। ल्योसिंखेलमा साँंझ उठाइने लिंगो भोलि नै (प्रत्येक वर्ष वैशाख १ गते नै) ढाल्ने चलन छ।  

 

प्रकाशित: ३० चैत्र २०७५ ०८:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App