समाज

नेपालकै ज्येष्ठ नागरिक बहरखेरको निधन

राजविराज - नेपालकै ज्येष्ठ नागरिक रघु बहरखेरको शुक्रबार १३१ वर्षको उमेरमा निधन भएको छ। सप्तरीको तिरहुत गाउँपालिका–१, धनपुरीका रघु बहरखेरको आफ्नै निवासमा निधन भएको स्थानीयवासी मुकेश यादवले जानकारी दिए।

उन नेपालमै करिब १० हजार बढी गाईबस्तु, अर्नालगायतलाई परिवारका सदस्यजस्तै बनाएर पाल्ने पहिलो व्यक्ति रहेको स्थानीयवासीको भनाइ छ। आफ्नो जीवनकालको अधिकांश समय उनले कोसी टप्पुको जङ्गलमै गाईवस्तु, अर्ना पालेर बिताएको घोषिन उत्थान मञ्च नेपालका केन्द्रीय सदस्य सोभितलाल पघैया यादवले बताए। यसैबीच शनिबार नै उनको कोसी ब्यारेजमा  दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

प्रकाशित: ३० चैत्र २०७५ ०७:१६ शनिबार

नेपालकै_ज्येष्ठ_नागरिक तिरहुत_गाउँपालिका