समाज

रसुवामा भूकम्पको धक्का

रसुवा - रसुवामा शनिबार विहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भुकम्प मापन केन्द्रले विहान १० बजेर २५ मिनेट जाँदा ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको पुष्टि गरेको हाे।

भुकम्पको केन्द्रबिन्दु रसुवा आसपास रहेको भूकम्प मापन केन्द्रले जनाएको छ। चार दिनअघि दोलखामा ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको थियो।

प्रकाशित: ३० चैत्र २०७५ ०५:११ शनिबार

भूकम्प राष्ट्रिय_भुकम्प_मापन_केन्द्र