समाज

जेट एयरले उडान रोक्दै

काठमाडौं– भारतीय विमान कम्पनी जेट एयरवेजले चार दिन उडान रोक्ने भएको छ। विमानले काठमाडौं–दिल्ली र लण्डनको उडान तालिका मिलाउनु परेकोले उडान रोक्न लागेको हो। 

‘आधिकारिक रुपमा उडान रोक्ने पत्र आएको छैन’, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले भने, ‘कम्पनीसँग बुझ्दा चार दिनसम्म दैनिक एउटा उडान गर्ने बुझिएको छ।’ बिहान ८ः१५ बजेको उडान भने सूचारु हुनेछ। उक्त उडान दिल्लीबाट काठमाडौंको हुन्छ भने बिहान ९ः१५ मा काठमाडौंबाट दिल्ली उडान भर्नेछ। 

अहिले जेट एयरवेजले दैनिक दुईदेखि तीन उडान गर्दै आएको छ। उक्त एयरलाइन्सले दैनिक कबिर पाँच सय यात्रुलाई सेवा प्रवाह गरिरहेको छ। 

हिजो बुधबार जेयरवेजका उडान नम्बर २६७ को विमान तेल नभरी उड्न लागेको थियो। विमान चालक पाइलटले विमान ‘टेकअफ’ गर्न लाग्दा तेल नभएको थाहाा पाएपछि उक्त विमानमा रनवेबाट घुमाएर तेल भरिएको थियो। यदि तेल नभरी विमान उडेको भए ठूलो दुर्घटना हुने थियो।

प्रकाशित: २८ चैत्र २०७५ १२:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App