समाज

प्रतिबन्धित विप्लव नेकपाका २ नेता कैलालीबाट पक्राउ

कैलाली - फागुनमा सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २ नेतालाई कैलाली प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको प्रहरीले नेकपाको बर्दगोरिया गाँउपालिकाका जनसरकार प्रमुख अमर बम र क्रान्तिकारी किसान संघ, कैलालीका अध्यक्ष उदयराज थापालाई पक्राउ गरेको हो।

पक्राउ परेका दुवै नेतालाई प्रहरीले अहिले थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, कैलालीको हिरासतमा राखेको छ। उनीहरुलाई कैलालीको बर्दगोरिया गाँउपालिकाको बौनिया बजारनजिकैबाट बुधवार दिउँसो पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ।

प्रकाशित: २८ चैत्र २०७५ ०५:५४ बिहीबार

प्रतिबन्ध विप्लव नेता पक्राउ