समाज

भारतद्वारा सिराहामा २५ शैय्याको प्रसूति अस्पताल निर्माण

काठमाडौं– भारतले सिराहामा निर्माण गरेको २५ शैय्याको चन्द्र नारायण यादव मेमोरियल प्रसूति अस्पतालको उद्घाटन गरिएको छ। बुधबार भारतीय राजदूत मञ्जिभसिंह पुरी, नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले विभिन्न राजनीतिक दलका नेता तथा सामुदायिक अगुवा एवम् स्थानीयको उपस्थितिमा अस्पतालको उद्घाटन गरेका हुन्। सीता चन्द्रनारायण यादव मेमोरियल ट्रस्टकी अध्यक्ष पनि हुन्। 

भारतले २ करोड ६९ लाखमा निर्माण गरेको अस्पतालबाट सिराहा र आसपासका ५० बढी स्थानीय तहका नागरिकको मातृत्व तथा स्वास्थ्य सेवामा पहुँच हुने छ।

अस्पतालमा चिकित्सकीय उपकरणहरु अल्ट्रासाउण्ड, एक्स–रे, ब्लड बैंक, इमरजेन्सी, माइनरोटी, ३ वटा डाक्टर कक्ष, १ वटा नर्स कक्ष, भण्डारण कक्ष, प्रशासन, लेखाशाखा भुइँ तल्लामा शौचालय तथा आइसियु, सीसीयू, र मेजर ओटी छन्।

अस्पतालको सञ्चालन चन्द्र नारायण यादव मेमोरियल ट्रस्टमातहत हुनेछ। अस्पतालले सिराहा जिल्ला र यस वरिपरिका जिल्लाका जनताको मातृत्व तथा बाल स्वास्थ्य सेवामा सुधार प्रदान गर्नुका साथै मातृत्व तथा बाल मृत्युदर घटाउन सहयोग पु-याउने भारतको विश्वास छ।

प्रसूति_अस्पताल भारत निर्माण सिरहा