समाज

डलर साट्ने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं–डलर साट्ने भन्दै ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। डलर साट्ने बाहानामा सर्वसाधारणलाई ठग्दै आएका एकै परिवारका तीन जनालाई महानगरीय प्रहरी परिसरले पक्राउ गरेको हो।

 पक्राउ पर्नेमा सिन्धुली नेपालटारका ३३ वर्षीय उमेश घिसिङ, प्रमे घिसिङ र दानबहादुर तामाङ रहेका छन्। उनीहरूमाथि प्रहरीले अनुसन्धान जारी राखेको छ। 
नयाँ बसपार्क, बालाजु, माछापोखरी, सामाखुसी र गौशाला क्षेत्रमा विदेशबाट फर्किएकालाई डलर साट्ने बाहानामा उनीहरूले ठगी गर्दै आएका थिए। उनीहरूले विदेशी रकम बढी साटिदिने भन्ने, अगाडि सक्कली नोट राख्ने र भित्र भने काजग राख्ने गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ। 

उनीहरूलाई यसअघि पनि ठगी मुद्दामा पक्राउ परेका थिए। जेलबाट छुट्ने बितिकै पुनः यही कार्यमा लागेको प्रहरीले जनाएको छ। 

प्रकाशित: २७ चैत्र २०७५ १२:२० बुधबार

ठगी पक्राउ महानगरीय_प्रहरी_परिसर