समाज

चरालाई सहरमा कसरी डाक्ने?

मार्था हनरिक्स

शहर भन्नासाथ हाम्रो मस्तिष्कमा कंक्रिटको भीडभाड आईहाल्छ। शहरको अर्थ नै प्रकृतिभन्दा परजस्तो बनिसकेको छ। तर, अहिले शहरलाई प्रकृति निकट बनाउन अभियानहरु सञ्चालन भईरहेका छन्। यी अभियानले हाम्रा शहरहरुमा पहिलेजस्तै प्राकृतिक सौन्दर्य फर्किइरहेछ। पुतलीहरुले घुमफिरका लागि घाँसेमैदान पाएका छन्। चरालाई बस्न सजिलो होस् भनेर घरहरु बनाइएको छ। ती घरमा चराहरुले मज्जाले गुँड लगाउनसक्छन्। फुल पार्न सक्छन्। कोरलेर बचेरा जन्माउन सक्छन्। 

हुन त चराहरुको बसोबासका लागि लन्डनजस्तो व्यस्त शहर कुनै पनि हिसाबले उपयुक्त ठाउँ जस्तो लाग्दैन। दुर्लभ चराहरु यहाँ आउलान् भनेर सोच्न पनि गाह्रो हुन्छ।

बेलायतभरी जम्माजम्मी २० देखी ४० जोडि ‘ब्ल्याक रेडस्टार्टस्’ होलान्। तर, पछिल्ला बर्षहरुमा यो दुर्लभ चरा लण्डन शहरमा देखापर्न थालेको छ। देखिने मात्र हैन, गुँड नै लाएर बसेका छन्। ती चराहरुको कृत्रिम उत्पादन गरिएको पनि हैन। ती अन्यत्रबाट स्वस्फुर्त आएका हुन्।

ठाउँठाउँमा रुखविरुवा रोप्नुस्, चउर बनाइदिनुस्, चराहरु आउन थाल्छन्। सँधै आइजाई गर्न थालेपछि उनीहरुको बासै यतै हुन थाल्छ । चराचुरुंगीलाई शहर भित्र्याउने राम्रो उपाय हो यो।

‘ब्ल्याक रेडस्टार्टस्’ मात्र शहरी भुभाग बस्न आएको हैन। अरु सोच्दै नसोचिएका प्रजातीहरु पनि भित्रिए। विशेषगरि गाउँका खर्कहरुमा भेटिने घुर्मैलो रङको पुतली, कठफोरा, चमेराहरुको सङ्ख्या पनि लण्डनका गल्लीहरुमा बढ्न थाल्यो।

चराचुरुङ्गी, जीवजन्तु शहर भित्रिने यो प्रवृत्ती संसारभरी बढ्दै गईरहेछ। केही समय पहिलेसम्म अमेरिकामा नै दुर्लभ मानिएको शाही बाज अचेल न्युयोर्कमै भेटिन थालेको छ। न्युयोर्कको आकाशमा ती बाज बत्तिएको देख्न पाइन्छ। गगनचुम्बी भवनका माथिमाथि पखेटा फट्फटाउँदै शाहि बाजले शहर चाहर्दा शहरको रौनक नै बढेको पाइन्छ।

चुराचुरुङ्गीको यो बसाइसराईले प्राकृतीक रुपमा मृतजस्तै बनेको शहरलाई पुनर्जागृत हुँदैछन्। शहरी परिवेशलाई प्राकृतीक रुपमा सुन्दर बनाउँदैछ। शहरलाई पनि बस्न लायकको बनाउँदै छ।

शहरमा कसकसैले त घरमै डुँड राखेर मौरी पाल्न थालेको देखिन्छ।

‘प्राकृतिक सौन्दर्यलाई फिर्ता ल्याउन शहरलाई पुर्ण रुपमा नयाँ स्वरुप दिनै पर्दैन,’ इन्जीनियर एमिली वुडसन भन्छिन्। 

ठाउँठाउँमा रुखविरुवा रोप्नुस्, चउर बनाइदिनुस्, चराहरु आउन थाल्छन्। सँधै आइजाई गर्न थालेपछि उनीहरुको बासै यतै हुन थाल्छ। चराचुरुंगीलाई शहर भित्र्याउने राम्रो उपाय हो यो।

लण्डनको ६ जना जग्गाधनीहरुले अहिले हरियाली शहर बनाउनका लागि नयाँ परियोजना सुचारु गर्दैछन्। हरेक एक सय मिटरमा ३ सय ३० स्क्वायर फिटको हरियाली ठाउँ बनाउनुपर्ने उनीहरुको सोचाई छ। यसका लागि काम अघि बढिरहेको छ। 

‘यो एकदमै महत्वाकांक्षी उद्देश्य हो,’ उड्सन भन्छिन्, ‘महत्वाकांक्षी नै भए पनि अन्तत्वगोत्वा त्यो उद्देश्यले लण्डनलाई हरियाली बनाउनेछ।’

खाली ठाउँमा रुखबिरुवा रोपेर मात्र हरियाली बनाउने हैन कि कतिपय जग्गाधनीहरुले आफ्नो घरमा रेट्रोफिटीङ मार्फत् भित्ता तथा छानोलाई समेत हरियोपरियो बनाएका छन्। घरका भित्ताहरु नै हरिया वनस्पतिले भरिएका हुन्छन्। यस्तो गृहकार्य दु्रतरुपमा अघि बढिरहेको छ। दुई वर्षपहिले र अहिलेको तुलना गर्ने हो भने थुप्रै प्रजातीका चराचुरुंगीहरु भित्रिसकेका छन्। सोच्दै नसोचेका प्रजातीहरु समेत लण्डनका शहरमा फेरो मारिरहेका देखिन्छन्। ब्ल्याक रेडस्टार्टस् नै देखिनु कस्तो अचम्म छ।

‘किराफट्याङ्ग्रा र अन्य प्राकृतीक जीवहरु आकर्षीत गर्न हरियाली ठाउँहरु महत्वपुर्ण हुन्छ,’ वुडसन भन्छिन्, ‘त्यसका लागि अभ्यासहरु भइरहेको छ जुन सहि तरिकाले अघि बढिरहेको देखिन्छ।’

दुर्लभ जीवहरु शहरी क्षेत्रमा ल्याउनु सुन्दरताको विषयमात्र हैन, यसले शहरि बसाइलाई रमाइलो पनि बनाउँछ। बिबिधता थप्छ। केही प्रजातीहरुलाई बिभिन्न कार्यक्रमहरु मार्फत प्रलोभनमा पारेर शहरतिर प्रवेश गराइएको छ। जस्तै, मौरी, पुतलीलाई उदाहरणको रुपमा लिन सकिन्छ। संसारभरी नै यिनीहरुको जनसङ्ख्या दु्रत रुपमा ओरालो लागिरहेको छ  अहिले।

‘हाम्रा योजना, विकास, इन्जीनियरिङ, औधोगीक संरचनाहरु सबै चराचुरुंगीलाई ग्रहबाटै पन्छाउने तरिकाको रहेछ,’ पर्याबरणको क्षेत्रमा लामो समय काम गरेका मिचेल जोचिम भन्छन्। पर्याबरणमा काम गर्ने संस्था ‘टेरेफर्म’ को निर्देशक समेत हुन् उनी। 

‘शहरी क्षेत्रमा ‘प्राकृतीक निवास’ बनाउन हामी अत्यन्त उत्साहका साथ काम गरिरहेका छौँ। हाम्रो योजना अनुसारका विल्डीङहरु बनाउन उत्प्रेरित गरिरहेका छौँ,’ जोचिम भन्छन्।

म्याहटनको गगनचुम्बी भवनका भित्तामा समेत रेट्रोफिटिङमार्फत चउर बनाउने योजना तयार भइरहेको छ। 

उत्तर अमेरिकामा पहिले सम्राट पुतलीहरु बस्थे। ति पुतली यहाँको स्थानिय बासिन्दा नै थिए। तर १९८० पछि ति पुतली विस्तारै हराउँदै गए। यसको मुख्य कारण ‘मिल्कविड’ नामको फुलको विनास थियो। ‘मिल्कविड एकदमै आक्रामक प्रजातीको वनस्पति हो। यसको फूल आकर्षक तर विषालु हुन्छ। यसले सुन्दर चौरलाई ध्वस्त पारिदिन्छ।’

मान्छेले ठाउँ उपलब्ध गराएकाले मात्र यी चराचुरुंगी शहर आएका भने होइनन्। बरु, उनीहरुलाई असर गर्ने चीजहरु शहरबाट हटेपछि सहजता महसुस गरेका हुन्।

सन् १९४० देखी ‘डिडिटि, पेस्टिसाइड’ जस्ता विशादी कृषीमा अत्याधिक प्रयोग गर्न थालियो। पछि यसले मानिस र चराचुरुंगीमा पनि अत्याधिक असर गर्ने थाहा पाएपछि अमेरिकाको ‘इन्भ्यारोमेन्ट प्रोटेक्सन एजेन्सी’ ले १८७२ मा यसमाथि प्रतिबन्ध लगाइदियो।

शहरी क्षेत्रलाई चराचुरुंगीमैत्री बनाउने अभ्यासले थुप्रै फाइदा पुर्याउँछ। हरियाली वातावारणले मान्छेलाई पनि खुसी तुल्याउँछ। साथसाथै, पानीको समस्या पनि हल हुन्छ। बाढीको समस्याले पनि सताउँदैन। त्यस्तै, चराचुरुंगीका लागि पनि बस्ने ठाउँ उपलब्ध हून्छ। अझै महत्वपुर्ण कुरा के हो भने शहरी क्षेत्रमा हुने यस्ता क्रियाकलापले मान्छे र प्रकृतीको सम्बन्धलाई अझै नजिक बनाउँछ। मान्छेलाई वातावरणसँगको सम्बन्धबारे सचेत गराउँछ। 

– बिबिसीबाट अनुवादः किरण दहाल

प्रकाशित: २८ चैत्र २०७५ ०२:१५ बिहीबार

चराचुरूंगी वातावरण शहर प्रकृति