समाज

असिनाले अन्नबालीमा क्षति

सर्लाही- सोमबार राती परेको असिना पानीले जिल्लाका विभिन्न स्थानमा घर तथा अन्नबालीमा क्षति पुगेको छ।

जिल्लाको दक्षिणी क्षेत्र स्थित हरिपुर्वा, ब्रम्हपुरी, पर्सा लगाएत गाउँ स्थित घरहरुमा असिनाले ठूलो क्षति पुर्याएको स्थानीयले बताएका छन्। "खपडाले छाएको ७५ प्रतिशत घरका छाना ध्वस्त भएका छन्", पर्साका स्थानीय भगवान मिश्रले नागरिकसँग भने, "काटेर खेतमा थुपारिएका गहुँ लगायत अन्नबाली समेत काम नलाग्ने भएको छ।" राती १ बजेतिर एकसाथ ठूलो असिना पानी परेको थियो। राती केहीबेर रोकिएको पानी बिहानबाट निरन्तर परिरहेको छ।

जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रजित सिंह राठौरले राती परेको असिना पानीले पुर्याएको क्षति विवरण संकलनका लागि मातहतका युनिटलाई गाउँगाउँमा खटाईएको जानकारी दिए।

 

प्रकाशित: २६ चैत्र २०७५ ०५:३७ मंगलबार

असिना अन्नवाली