समाज

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ११ गम्भीर घाइते

गुल्मी – अर्घाखाँचीमा भएको जिप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क  चुत्रावेशीबाट प्यूठानको बरौला गाउँतर्फ जाँदै गरेको यात्रुबाहक जिप अर्घाखाचीको लात्तेबाझमा दुर्घटना हुँदा घटनास्थलमा दुई उपचारका लैजाँदै गर्दा एकको मृत्यु भएको प्रहरीले जनाएको छ।

लु १ ज १२२९ नम्बरको जिप सोमबार दिउसो अर्घाखाँची  जिल्लाको  भूमिकास्थान नगरपालिका–८ नुवाकोटको लात्तेबाझ उकालोमा उक्लँदै गर्दा ब्रेक फेल भएर दुर्घटना भएको थियो। दुर्घटनामा परी प्युठान ऐरावती गाउँपालिका–२ बस्ने ५० वर्षीय धनबहादुर राना र ऐरावतीकी  १४ वर्षीया मनीका आचार्यको घटनास्थलमै ज्यान प्रहरीले जनाएको छ।

यस्तै, अन्दाजी ६ वर्षीय बालकको सन्धिखर्क अस्पतालमा  ल्याउँदै गर्दा मृत्यु भएको प्रहरी निरीक्षक गम्भीरजंग थापाले बताए। बालककोे परिचय खुलेको छैन।  १४ सिट सवार जिपमा १८ जना यात्रु थिए। जसमध्ये आठ जनाको सन्धिखर्क अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल रिफर गरिएको छ। अन्य घाइतेको सन्धिखर्कमै उपचार भइरहेको छ प्रहरीले जनाएको छ।

 

प्रकाशित: २५ चैत्र २०७५ ०९:४७ सोमबार

जीप_दुर्घटना अर्घाखाँची मृत्यु घाइते