समाज

डिभाइन युथको सहयोग

काठमाडौ – डिभाइन युथ क्लब नेपालले बाराका हावाहुरीपीडितलाई राहत सहयोग गरेको छ। हुरीले क्षतिग्रस्त बनेको बारा देवताल गाउँपालिका–७ स्थित रामपुरवाका प्रभावित समुदायका लागि राहत वितरण तथा निःशुल्क स्वस्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको क्लबले जानकारी दिएको छ।

पीडित दुई सय परिवारलाई त्रिपाल, च्यादर, झुल, चामल, दाल, चिउरा, चाउचाउ, पानी वितरण गरेको बताइएको छ। प्रभावितको निःशुल्क स्वास्थ्य जाँच गरी औषधिसमेत वितरण गरेको छ ।

प्रकाशित: २५ चैत्र २०७५ ०२:०५ सोमबार

डिभाइन_युथ_क्लब हावाहुरी पीडित राहत