समाज

दलित बस्तीमा सेनाद्वारा सामुदायिक भवन निर्माण

महोत्तरी– सधैभरी बन्दुक भिरेर सुरक्षार्थ खटिने नेपाली सेना अचेल मटिहानीमा रहेको दलित (दुसाध) बस्तीमा सामुदायिक भवन निर्माणमा जुटेको छ।

नेपाली सेना र स्थानीय बासिन्दाको सहयोग निर्माण हुन लागेको सामुदायिक भवनमा अहिले नेपाली सेनाका जवान खटिरहेको हेर्दा स्थानीयवासी खुसी भएका छन्। 

करिब चार लाखको लागतमा १५ फिट चौडाइ र ४० फिट लम्बाइ भएको सो सामुदायिक भवन नेपाली सेनाको फस्ट रैफल गण प्रकौली जलेश्वरले निर्माण कार्य धमाधम अगाडि बढाएको मटिहानी नगरपालिका मेयर हरि प्रसाद मण्डलले बताएको छ। 

सामुदायको टोलमै पुगेर सेनाले भवन बनाउन थालेको पहिलो पटक आफूले देखेको सो वस्तीका रामेश्वर पासवानले हामी सबै पासमान जातीहरु खुसीले गदगद भएको बताए। 

भवन सामुदायिक क्रियाकलापसँगै शिक्षा क्षेत्रमा समेत प्रयोगमा ल्याइने गणपती बसन्त बहादुर गौतमले बताएको छ। 

प्रकाशित: २४ चैत्र २०७५ १५:४७ आइतबार

नेपाली_सेना दलित_बस्ती सामुदायिक_भवन_निर्माण