समाज

सिङ्गुसको टोकाईबाट ११ जना घाइते

गोरखा– पालुङटार नगरपालिका ४ छापथोकमा आज सिङ्गुस (सानो बारुला) को टोकाईबाट स्थानीय ११ जना घाइते भएका छन्। घाइते एक जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ। 

सिङ्गुसको टोकाईबाट घाइते भएकाहरुको गोरखा अस्पतालमा समान्य उपचार पछि थप उपचारका लागि चितवन रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र नेपालले बताए। आइतवारे पुजाका लागि सरसफाई गर्न जाँदा एक्कासी सिङ्गुसले टोकेको घाइतेहरुले बताएका छन्। 

प्रकाशित: २४ चैत्र २०७५ १५:४१ आइतबार

सिङ्गुस टोकाई घाइते  प्रहरी