समाज

एक दर्जन जहाज लुक्लामै थन्किए

फाइल तस्बिर

सोलुखुम्बु– मौसममा आएको खराबीका कारण तेन्जिङ हिलारी विमानस्थल लुक्लामा एक दर्जन जहाज थन्किएका छन्। 

विहान डेढ सयको हाराहारीमा उडान भएको विमानस्थलमा मध्यान्नपछि मौसम प्रतिकुल भएपछि १० हेलिकप्टर  र २ वटा जहाज लुक्लामै थन्किएको नागरिक उड्डयन कार्यालय लुक्लाका प्रमुख ईमाननाथ अधिकारीले बताए। 

श्री एयरलायन्सको एक,  डाइनेष्टिक एयरको तीन, मनाङ एयरको एक, समिट एयरको दुई, अल्टिच्युट एयरको एक, कैलास एयरका दुई र एभरेष्ट एयरको एक हेलिकप्टर विमानस्थलमा थन्किएका हुन्। मध्यान्न १२ बजेसम्म मौसम रामै्र भए पनि अहिले बाक्लो हुस्सु र कुहिरो लागेको हो।  

आइतबार ९४ जहाज र ७० हेलिकप्टरले उडान भरेको नागरिक उड्ययन कार्यालय, लुक्लाले जनाएको छ। विमानस्थलका अनुसार तारा, सीता र समिट एयरलाइन्सले नियमित उडान भर्दै आएका छन्।  

मौसम खराबीका कारण खुम्बु क्षेत्रमा आउने सयौं पर्यटक रामेछापको मन्थली बिमानस्थलमै रोकिएका छन्। 

प्रकाशित: २४ चैत्र २०७५ ११:५९ आइतबार

मौसम जहाज तेन्जिङ_हिलारी_विमानस्थल_लुक्ला उडान_अवरूद्ध