समाज

‘आयोगमा सिफारिस गर्दा ध्यान देऊ’

काठमाडौं – द्वन्द्वपीडितले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण एवं मेलमिलाप आयोगमा सिफारिस गर्दा ध्यान दिन आग्रह गरेका छन्। द्वन्द्वपीडित राष्ट्रिय सञ्जालले एक विज्ञप्ति जारी गर्दै आयोगमा सिफारिस हुने सदस्यलाई दलहरूको झण्डा बाहिरै रहेर सकारात्मक भूमिका खेल्ने व्यक्ति छनौट गर्न आग्रह गरेको छ।

‘सरकारलाई सर्वोच्च अदालतको आदेशअनुरूप कानुन संशोधनको प्रक्रिया लामो समयसम्म अवरुद्ध रहेको ध्यानाकर्षण गराउन चाहन्छ,’ गीता रसाइली र फडिन्द्र लुइँटेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पीडितमैत्री कानुन निर्माण र सक्षम र प्रभावकारी आयुक्तहरूको सिफारिसका लागि दलहरूको झण्डा बाहिरै रहेर सकारात्मक, प्रभावकारी भूमिका निर्वाह, सरोकारवालाहरु बृहत् परामर्श गर्न द्वन्द्वपीडित राष्ट्रिय सञ्जाल ध्यानकर्षण गराउँदछ।’

प्रकाशित: २४ चैत्र २०७५ ०३:१० आइतबार

द्वन्द्वपीडित मेलमिलाप_आयोग सिफारि