समाज

हुरी पीडितलाई बर्दियाका युवाको एक लाख सहयोग

काठमाडौं– राजधानीमा बस्दै आएका बर्दियाका युवाले बारा पर्साका हावाहुरी पीडितलाई एक लाख १ हजार एक सय रुपैयाँ सहयोग गरेका छन्।

हरिश गौतम, रेशम बहादुर थापा, महेन्द्र विष्ट, समृद्धा केसी, प्रिया देवकोटाको पहलमा स्वदेश तथा विदेशबाट संकलन गरिएको उक्त राहत रकम सांसद तुल्सी थापामार्फत युवा संघका सचिव बचनबहादुर सिंहलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको सामाजिक अभियन्ता रेशम थापाले बताए। 

कार्यक्रममा सांसद तुलसी थापाले राहत रकम पीडित समक्ष पुगोस भनी सानो सहयोग गरेको बताइन्। ‘नेपालभित्र जहाँ पनि विपद् आइलाग्दा हाम्रो दायित्व हो’, उनले भनिन्, ‘त्यही दायित्व पूरा गर्न पैसा दिने निर्णय गरेका हौं।’ विपदका बेला सबै नेपाली एक जुट भएर सहयोग गर्नुको विकल्प नभएको थापाको भनाई छ।

राहत रकम हस्तान्तरण कार्यक्रममा युबा संघका कोषाध्यक्ष अमित लामा, स्थायी समिति सदस्य तथा कार्यालय सचिब सुमन पुरी लगायतको सहभागिता थियो।

प्रकाशित: २३ चैत्र २०७५ १४:२१ शनिबार

हावाहुरी_पीडित बारा_पर्सा बर्दियाका_युवा सहयोग