समाज

बारा र पर्साका हुरीपीडितलाई कामपाको २५ लाख सहयोग

फाइल तस्बिर

काठमाडौं– काठमाडौं महानगरपालिकाले तराईका बारा र पर्सा जिल्लामा केही दिनअघि आएको हावाहुरीबाट प्रभावित भएका पीडित परिवारलाई २५ लाख सहयोग गर्ने निर्णय गरेको छ। 

महानगरपालिकाको कार्यपालिका बैठकले २५ लाखसहित जनप्रतिनिधि र कर्मचारीको एक दिनको तलबसमेत पीडितलाई दिने निर्णय गरेको प्रवक्ता ईश्वरमान ढंगोलले जानकारी दिए।

बारा र पर्सामा अकस्मात ठूलाे हावाहुरीले जनधनकाे क्षति गरेकाे छ।

प्रकाशित: २३ चैत्र २०७५ ११:०० शनिबार

हावाहुरी बारा_पर्सा काठमाडाैं_महानगरपालिका सहयाेग