समाज

काठमाडौंमा मौसम बदली, बिहानैदेखि कालो बादल

काठमाडौँ – शुक्रबारदेखि देशभरको मौसम बदली भइरहेको छ। मौसम परिवर्तनका कारण काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा शनिबार बिहानैदेखि अँध्यारो हुने गरि  कालो बादल देखिएको छ।

भारतको बिहारमा बनेको न्यून चापियन क्षेत्र र पश्चिमी वायुको प्रभावका कारण विशेष गरि काठमाडौँ उपत्यका र पूर्वका क्षेत्र तथा आसपासका पश्चिमी क्षेत्रमा पनि बिहानैदेखि कालो बादलसहित मेघ जर्गन भएको मौसमविद मञ्जु बासीले बताइन्।

मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै देशभरको मौसम पनि सामान्यतया बदलीको अवस्थामा छ। विशेष गरि तराईको क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेको मौसमविदले बताएका छन्। दिनभरि जस्तो नै बदली, वर्षा र हावाहुरीको अवस्था रहने महाशाखाले जनाएको छ। साथै उच्च हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना देखिन्छ।

प्रकाशित: २३ चैत्र २०७५ ०१:३७ शनिबार

मौसम_बदली कालो_बादल मेघ_गर्जन हिमपात