समाज

क्यान्सपीडित अधिकारीलाई सहयाेग

क्यान्सरपीडित तारानाथ अधिकारीलाई सहयोग रकम हस्तान्तरण गर्दै खोटाङ सेवा समाजका अध्यक्ष राकेश राईलगायत।

खोटाङ - भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका खोटाङ जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका ४७ वर्षीय तारानाथ अधिकारीलाई आर्थिक सहयोग जुटेको छ।  शुभेच्छुकबाट संकलन गरिएको ५७ हजार ५ सय रुपैयाँ बिरामीका आफन्तलाई प्रदान गरिएको हो। 

खोटाङ सेवा समाज तथा समाजका सचिव बाजिन्द्र बिष्टको पहलमा संकलन भएको रकम शुक्रबार क्यान्सरपीडित अधिकारीलाई हस्तान्तरण गरिएको हो। स्वदेश तथा बिदेशमा रहेका शुभेच्छुकबाट जम्मा गरिएको रकम समाजका अध्यक्ष राकेश राईले अधिकारीलाई हस्तान्तरण गरेका हुन्।

उपचारकाक्रममा तत्काल १ लाख आवश्यक परेपछि अधिकारीको सहयोगमा अभियान चलाइएको थियो। हालसम्म आफन्तबाट जुटाइएको २ लाख ५० हजार रकम खर्च भइसकेपछि थप उपचारमा समस्या भएपछि २३ सहयोगीबाट रकम उठाइएकाे थियाे।

अधिकारीलाई सहयोग गर्न चाहनेहरुलाई तारानाथ अधिकारीको नाममा रहेको बैक अफ काठमाण्डूको खाता नं. ०५०१०००१०७७४५२५ मा सहयोग जम्मा गर्न सकिने परिवारले जनाएको छ। 

 

प्रकाशित: २२ चैत्र २०७५ १५:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App