समाज

मिस नेपाल अडिसन : मेक–अप नगरी आएको भन्दै होच्याइयो प्रतियोगीलाई (भिडियाेसहित)

काठमाडाैं - मिस नेपाल अडिसन–२०१९ को एउटा भिडियो यतिवेला भाइरल बनेको छ। भिडियोमाथि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेको छ। मानिसहरु फरक–फरक धु्रुवमा बाँडिएका छन्। 

भिडियो क्लिपमा एक प्रतियोगीमाथि निर्णायक मण्डलकी सदस्य रचना गुरुङले ‘दुव्र्यवहार’ गरेको देखिन्छ। कोरियोग्राफर तथा मिस नेपाल प्रशिक्षक गुरुङले प्रतियोगीमाथि मेकअप नगरेको र तयारी नगरी आएको आरोप लगाउँदै कटाक्ष गरेकी छन्।

अडिसनमा गुरुङले प्रतिस्पर्धी भएर आउँदा किन मेकअप नगरेको भन्दै भद्दा प्रस्न तेस्र्याएकी छन्। जवाफमा प्रतियोगीले भनेकी  छन्। ‘कसरी मेकअप गर्ने ? थाहै भएन।’ 

पूर्वमिसनेपाल सदीक्षा श्रेष्ठले भनिन्, ‘तपाईं इन्टरभ्यु दिन जाँदा सफा सुग्घर र नयाँ कपडा लगाएर जानुपर्छ। मिस नेपाल पनि त्यस्तै हो,’ उनले भनिन्। 

आफ्नो व्यवहारमाथि सामाजिक सञ्जालमा चर्चा हुन थालेपछि गुरुङले भनेकी छन्– सामाजिक सञ्जालले मेरो भनाइ तोडमोड गर्याे। 

पूजा गुरुङ थप्छिन्– ‘तपाईंले राम्रोसँग तयार भएर आउनुपर्छ। यो ‘ब्युटी पेजेन्ट’को अडिसन हो जहाँ तपाईं पोटेन्सियल हुनुपर्छ। यहाँ तपाईंको व्यक्तित्व झल्किनुपर्छ। तपाईं आत्मविश्वासी र बौद्धिक देखिनुपर्छ। मेकअप नगरी आउनुहुन्छ भने त्यो त अनादर गरेजस्तो भयो।’

प्रतियोगीलाई होच्यानु गलत भएको पुजाको बुझाइ छ। भन्छिन् ‘प्रतियोगीलाई गाली गर्नुभन्दा पनि अनुभुवी भएको नाताले सम्झाउनुपथ्र्याे।’

 

प्रकाशित: २२ चैत्र २०७५ १२:५५ शुक्रबार

मिस_नेपाल मेक-अप प्रतियोगी