समाज

छाेराछाेरीसहित आमाद्वारा सामूहिक आत्महत्या

चितवन- चितवनमा एकै परिवारका ३ जना झुन्डिएको अवस्थामा फेला परेका छन्। भरतपुर महानगरपालिका वडा नम्बर १८ चनौलीमा एकै परिवारका तीनजनाले सामूहिक आत्महत्या गरेको  जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मी जानकारी दिए।

उनका अनुसार आत्महत्या गर्नेमा आमा, छोरी र छोरा रहेका छन्। ३२ वर्षीया आमा माया आले, १४ वर्षीया छोरी बिनिता र १२ वर्षीय छोरा विवेकले एकैठाउँमा पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ। गाउँलेले बिहान खबर गरेपछि  प्रहरी घटनास्थलमा पुगेकाे थियाे। घटनाको बारेमा थप अनुसन्धान भैरहेको डिएसपी रेग्मीले बताए।

उनले भने,'मृतक मायाका श्रीमान् पुरानो घर भरतपुर कै घुमाउने भन्ने स्थानमा गएको समयमा परिवारका सदस्यले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे हाे।'

सामूहिक आत्महत्याको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरुको शव अहिले परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएकाे छ।

प्रकाशित: २२ चैत्र २०७५ ०५:१० शुक्रबार

आत्महत्या