समाज

छ किलो सुनसहित ४ भारतीय विमानस्थलबाट पक्राउ

फाइल तस्बिर

काठमाडौं– छ किलो सुनसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सन्दीप भण्डारीले ४ सय ९७ ग्राम सुन बोकेका एक पुरुष र ५ किलो सुनजस्तो देखिने वस्तुसहित ३ महिलालाई नियन्त्रणमा लिएको बताए। उनका अनुसार बरामद गरिएकाे सुन थाइल्याण्डबाट आएको खुलेको छ।

बरामद सुनबारे विमानस्थल भन्सार र प्रहरीबाट अनुसन्धान भइरहेको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App