समाज

चार दिनमा पनि खुलेन अवरुद्ध सडक

बारा–हावाहुरीका कारण चारदिनदेखि अवरुद्ध बनेको बाराको बलिरामपुरदेखि छोटकिफुलबरियासम्म जोड्न सडक अझै सुचारु हुन सकेको छैन। 

सम्बन्धित निकायको बेवास्थाका कारण उक्त सडक चार दिनसम्म सञ्चालनमा आउन नसकेको हो। सडकमा सिसौका रूख, बाँस ढलेका छन्। सडकमा ढलेका रूखहरु पन्साउन नसक्दा सडक सञ्चालनमा आउन नकसकेको हो। 

सडक सञ्चालनमा आउन नसक्दा कलैया - १३ बलिरामपुरका हुरीपीडितले राहत पाउन नसकेको गुनासो गरेका छन्। ‘राहत ल्याउन आउने पनि बाटो देखेर आउँदैनन्’, स्थानीय रामचन्द्र साहले भने, ‘हामीले त्रिपालबाहेक केही पनि पाएका छैनौं।’
उक्त सडकका विषयमा स्थानीय तह भने बेखबर छ।

कैलया उपमहानगरपालिकाका प्रमुख राजेश यादवले आफूले भर्खरै मात्र जानकारी पाएको बताए। ‘मैले भर्खर मात्रै जानकारी पाएको छु। अब काम अगाडि बढ्छ’, उनले नागरिकसँग भने, ‘दुई घण्टामा बाटो खुल्छ।’ बलिरामपुरमा हुरीले १० घर परिवारलाई विस्थापित बनाएको छ।

प्रकाशित: २१ चैत्र २०७५ ०६:५८ बिहीबार

हावाहुरी अवरुद्ध_सडक