समाज

बारामा सेनाद्वारा दुई सय ७० वटा टेन्ट निर्माण

बारा - आइतबार साँझ आएको अनौठो विनासकारी हावाहुरीबाट बेघर भएकाहरुलाई नेपाली सेनको टोलीले २ सय ७० वटा टेन्ट निर्माण गरिदिएको छ। 

कलैया उपमहानगरपालिका १७ मा रहेको चन्दन गणका प्रमुख सेनाका कर्णेल पारस विक्रम शाहले यसबारे जानकारी दिएका हन्। पीडितका लागि राहत र उद्धार कार्यमा खटेका दुई सयभन्दा बढी सेनाले बुधबार बेलुकासम्मा पुरैनिया, भलुहीभरवलियामा गरी दुई सय ७० चाइनिज टेन्ट निर्माण गरेका शाहले बताए।

उनले  पुरैनियामा एक सय १०, भलुहीमा ३२ र भरवलियामा एक सय १३ वटा टेण्ट निर्माण गर्न सकिएको बताए। हावाहुरीले गर्दा कलैया उपमहानगरपालिकामा ९० वटा, फेटा गाउँपालिकामा १८५ वटा, महागढीमाई नगरपालिकामा ८६ वटा, सुर्वण गाउँपालिकामा २४० वटा परवानीपुर गाउँपालिकामा ५४८ वटा र पचरौता नगरपालिकामा १ सय ७७ वटा घरहरु क्षति भएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।

 

प्रकाशित: २० चैत्र २०७५ १४:२१ बुधबार

हावाहुरी बारा-पर्सा नेपाली_सेना टेन्ट