समाज

वैदेशिक रोजगार विभागका प्रहरी जवान १७ हजार घुससहित पक्राउ

काठमाडौं – महानगरीय दंगा नियन्त्रण प्रहरी गण त्रिपुरेश्वर दरबन्दी भई ताहाचलस्थित वैदेशिक रोजगार विभाग काठमाडौंमा कार्यरत प्रहरी जवान गणेश लोहारले १७ हजार घुससहित पक्राउ परेका छन्।

साउदी अरबका लागि श्रम स्विकृती लिने सिलसिलामा उनले सेवाग्राहीसँग घुस मागेका थिए। महानगरीय प्रहरी वृत्त, कालीमाटीबाट खटिएको प्रहरी टोलीले लोहारलाई घुसबापत लिएको १७ हजार रूपैयाँसहित पक्राउ गरेको हो।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ। 

प्रकाशित: २० चैत्र २०७५ १३:३६ बुधबार

घुस प्रहरी_टोली वैदेशिक_रोजगार_विभाग सेवाग्राही