समाज

दूधकोसीमा बेपत्ता भएका युवकको शव फेला

खोटाङ– खोटाङमा पौडी खेल्नेक्रममा दुधकोसीमा बेपत्ता भएका युवकको शव फेला परेको छ। खोटाङको ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीको देम्लीटारबाट पौडी खेल्नेक्रममा दुधकोसीमा बेपत्ता भएका सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका–४ का २५ वर्षीय भरत चर्मकारको शव फेला परेको हो। 

देम्लीटारबाट सोमबार बेपत्ता भएका चर्मकारको शव मंगलबार थुलुङ दुधकोसी गाउँपालिका–३ मैङखुबेँसीमा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सोलुखुम्बु पठाइएको छ। 

भीरबाट लडेर मृत्यु 

भीरबाट लगेर खोटाङको खोटेहाङ गाउँपालिका–४ बड्कादियाका ४० वर्षीय देवबहादुर बुढाथोकीको मृत्यु भएको छ। धान रोप्न खेतमा गएका बुढाथोकी घर फर्कनेक्रममा सोमबार साँझसम्ममा घरमा नआएपछि खोजी गर्दा स्थानीय सिमखर्क भीरमा मृत अवस्था फेला परेको प्रहरीले जनाएको छ। 

बाटोभन्दा करिब सय मिटर तल फेला परेको बुढाथोकीको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी पठाईएको प्रहरीले जनाएको छ। खेतमा गएको समयमा बिरामी परेपछि उनी घर फर्कने क्रममा सम्पर्क बिहिन भएका थिए। 

प्रकाशित: १९ चैत्र २०७५ १३:२९ मंगलबार

दुधकोशी युवक बेपत्ता