समाज

फिरोज हत्याकाण्ड : भिनाजुसँगको प्रेमले श्रीमानको हत्या

रुपन्देही– चैत १४ गते साँझ बुटवल मैनाबगरमा फिरोज अन्सारी खान हत्याकाण्डमा आफ्नै श्रीमतीको संलग्नता रहेको खुलेको छ।

४५ बर्षीय फिरोजलाई श्रीमती साहिन खातुनले भिनाजुसँगको प्रेम सम्बन्धमा परेर अन्सारी हत्या गरेको खुलेको हो। खातुनका भिनाजु भारत विहार बेतियाका ४२ बर्षीय साधिर हुसेनले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो।

साधिरले बर्षोदेखी फिरोजकी श्रीमतीसँग प्रेम गरेका थिए। प्रेम सम्बन्धलाई दीगो बनाउन हुसेनले गत बुधबार साँझ कामबाट कोठामा फर्कदै गर्दा सालीका श्रीमान फिरोजलाई गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ।  मोटरसाइकलमा आएका हुसेनले गोली हानी नवलपरासीको त्रिवेणीबाट भागेको रूपन्देहीका प्रहरी उपरीक्षक हृदय थापाले बताए।

मृतक फिरोजकी श्रीमती ३२ बर्षीया श्रीमती साहिन खातुनलाई प्रहरीले नियन्त्रणा लिई अनुसन्धान गरिरहेको छ। भिनाजु हुसेन भने फरार छन्। फिरोजले लामो समयदेखि बुटवल मैनाबगर स्थित ज्योती एण्ड वर्कसपमा काम गर्दै आएका थिए। बुधबार साँझ हत्या गर्दा श्रीमती खातुनले १० बर्षका छोरा रेहान र ९ बर्षका आरिषलाई कोठामा थुनेर राखेको प्रहरीले बताएको छ।

खातुनको शंकास्पद गतिविधि देखिएपछि प्रहरीले शुरुदेखी उनलाई निगरानीमा राखेको प्रहरी प्रमुख थापाले बताए। श्रीमानको हत्या भएपछि अस्पताल आएकी खातुनले आफूहरु कोठाभित्र रहेको बताएपनि बच्चाहरुले भने आफूहरुलाई भित्र थुनेर मम्मी बाहिर गएको प्रहरीलाई बताएका थिए। खातुनको कल डिटेल हेरेर घटनामा उनका भिनाजु हुसेनको संलग्नता रहेको पाइएको प्रहरीले जनाएको छ। 

 

प्रकाशित: १९ चैत्र २०७५ ११:२६ मंगलबार

फिरोज_हत्याकाण्ड फिरोज_अन्सारी