समाज

चट्याङ् लागेर एक जनाको मृत्यु

रोल्पा– सोमबार राति चट्याङ् पर्दा रोल्पामा एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार गएराति नौ बजेतिर चट्याङले लाग्दा रोल्पा माडिपा ५ सरुवाका स्थानीय २७ वर्षीय ज्वती परियारको मृत्यु भएको हो। प्रहरीका अनुसार चट्याङबाट बेहोस भएका परियारको घटनास्थलमै मृत्यु भएको थियो।

चट्याङ पर्दा छिमेकी आफन्तको घरमा खाना खाँदै गरेका परियार सहित कोठामा रहेका सबै बेहोस भएका थिए। ‘बाँकी अरु चिच्याउदै कराउदै उठियो तर उनी उठेनन्।’ स्थानीय रोशन परियारले बताए। 

मृतकको शब पोष्टमार्टमका लागी जिल्ला अस्पताल ल्याइएको गरेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: १९ चैत्र २०७५ १०:०६ मंगलबार

चट्याङ् मृत्यु रोल्पा