सोमबार राति हावाहुरीसंगै आएको चट्याङले लागेर अछाममा १५ जना घाइते भएका छन्। अछामको पञ्चदेवल विनायक नगरपालिका ९ कालेकाडाको तामकोटका ११ जना र रामारोशन गाउँपालिका ५ सल्लीसैनका ४ जना गरी १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।
घाइतेमध्ये पञ्चदेवल विनायक नगरपालिकास्थित तामकोटका ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ। स्थानीय भीमपुरा दास, बलिराम दास, दिर्गे विक, ललु विक, राधिका शाही, कल्पना बोहरा र जगत बोहराको अवस्था गम्भीर रहेको हो। घाइतेको उपचार चिल्तडा स्वास्थ्य केन्द्रमा भइरहेकोे छ।
यस्तै, हिजै राति रामारोसन गाँउपालिकामा चट्याङ्ग लागेका ४ जनाको वयालपाटा अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था भने सामान्य रहेको छ ।
प्रकाशित: १९ चैत्र २०७५ ०९:२४ मंगलबार