समाज

‘मानव अधिकार सन्तोषजनक छैन’

खोटाङ – खोटाङमा मानव अधिकार कार्यान्वयनको अवस्था सन्तोषजनक नरहेको एक कार्यक्रमका सहभागीले बताएका छन्। व्यक्तिको जीवन, स्वतन्त्रता, समानता र मर्यादासँग सम्बन्धित तथा कानूनी अधिकारको अवस्थाबारे जानकारी लिन राष्ट्रिय मानव अधिकार आयोगले सोमवार दिक्तेलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन्।

होटल इन्द्रेणीमा भएको कार्यक्रममा सहभागीले मानव अधिकार रक्षक, नागरिक समाजका अगुवा लगायतले जिल्लाको समग्र मानव अधिकारको अवस्था, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार, सामूहिक अधिकार, मानव अधिकार रक्षकको अधिकारको अवस्था र जातीय विभेद तथा छुवाछुतको अवस्था सुधारोन्मुख मात्र रहेको औंल्याएका छन्।

मानव अधिकारको अवस्थाबारे जानकारी लिएर सरकारलाई सुझाव दिन जिल्लाबाट मानव अधिकारको अवस्थाको विषयमा जानकारी लिइएको राष्ट्रिय मानव अधिकार आयोगका सचिव वेदप्रसाद भट्टराईले बताए। कार्यक्रममा मानव अधिकार रक्षकलाई सहभागी गराएर मानव अधिकारको विषयमा अभिमुखीकरण कार्यक्रम गरिएको थियो।

प्रकाशित: १९ चैत्र २०७५ ०५:०६ मंगलबार

मानव_अधिकार कानूनी_अधिकार