समाज

हावाहुरीमा घाइते ६ जनालाई काठमाडौं ल्याइयो

काठमाडौं- बारा र पर्सामा आइतबार आएको हावाहुरीमा घाइते भएका ६ जनालाई काठमाडौं ल्याइएको छ। नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार हुन नसकेपछि उनीहरुलाई नेपाली सेनाको स्काई ट्रक मार्फत काठमाडौं ल्याइएको नेपाली सेनाका प्रवक्ता एम ढकालले बताए।

घाइतेहरुलाई उपचारको लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको छ। गृहसँग समन्वय गरेर उद्दारको काम थालिएको प्रवक्ता ढकालले बताए।

हावाहुरीका कारण वारामा २७ र पर्सामा १ जना गरी २८ जनाको मृत्यु भएको छ। घटनामा ४ सय भन्दा बढी घाइते भएका छन्। उनीहरुको बारा र पर्साका अस्पतालमा उपचार भइरहेको छ।

नेपाली सेनाको मेडिकल टोली घटनास्थलमै रहेर उपचारमा समेत सक्रिय छ। सेनाले ८ जना चिकित्सकको टोली बारा पठाएको छ। सेनाको एक वटालीयन उद्दारमा रहेको र उनीहरुले भत्केका र अवरुद्ध सडक खुलाउने काम गरिरहेको ढकालले बताए।

 

प्रकाशित: १८ चैत्र २०७५ ०५:३७ सोमबार

हावाहुरी घाइते बारा पर्सा