समाज

हावाहुरीले बारा र पर्सा तहसनहस (फोटोफिचर)

मदन ठाकुर/ रितेश त्रिपाठी
बारा /  पर्सा - भीषण हावाहुरीका कारण बारा र पर्सामा ठूलो मनाविय क्षति हुनुको साथै करोडौँको भौतिक क्षति भएको छ। गएरातिको हावाहुरीले बाराको भरबालिया भन्ने स्थानमा पक्की घर बाहेक सबै घरमा क्षति पुगेको छ।

त्यस्तै बाराकैे फेटा पुरेनियामा ११ जनाको मृत्यु भएको अशंका गरिएकोमा अहिले सम्म ८ जनाको शव प्रहरीले फेला परेको  छ। घटनास्थलामा नेपाल  प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहित आफन्तहरुे उद्धार कार्यमा जुटेका छन्। प्रहरीले दिएको जानकारी अनुसार अहिले सम्म बारा र पर्सा २८ जनाको मृत्यु भएको छ।

हावाहुरीले घरको छानो भत्काउदा घरपालुवा जनावरहरु समेत मरेका छन। २ मिनेट चलेको हावाहुरीले बारा र पर्सामा करोडौंको क्षति पु¥याएको प्रहरीको भनाइ छ।

त्यस्तै बिभिन्न स्थानमा बिजुलीका पोलहरु ढलेपछि गए राति देखीनै बारा र पर्सामाको विद्युत् आपूर्ति समेत बन्द भएको छ । अधिकांश ठाउँमा मोबाइल र ल्याण्डलाइन सेवा समेत अवरुद्ध छन् । ठाउँठाउँमा रुख ढलेपछि केही ठाउँको सडकमा यातायात आवागमन पनि अवरुद्ध भएको छ । अन्नवालीमा समेत ठूलो क्षति पुगेको छ।

वारा र पर्साका विभिन्न स्थानबाट हाम्रा सहकर्मीले पठाएका तस्बिरहरु :

हावाहुरी मनाविय_क्षति भौतिक_क्षति